
काठमाण्डौँ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने भएको छ ।
बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै स्तरोन्नतिको काम आगामी आर्थिक वर्षसम्म पुग्ने जनाएको हो । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तसम्म काम पूरा नहुने जानकारी दिएका छन् ।
पहिलोपटक फागुन २१ देखि काम सुरु भएर वैशाखको २४ गतेभित्र काम सकिसक्ने योजना रहेपनि सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र जसरी पनि काम सकाउन निर्देशन दिएका थिए र सोही अनुसार म्याद थप गरिएको थियो ।
तर प्राकृतिक तथा विभिन्न प्रावधिक कारणले काम सम्पन्न हुन नसक्ने जानकारी दिइएको हो । फ्लडलाइटको बेस निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको भएपनि सामान नआइपुगेकाले काम अघि बढ्न सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया