×

आईसीसी विश्व क्रिकेट लिग टु त्रिकोणात्मक सिरिजमा त्रिवि मैदान कीर्तिपुरमा भइरहेको छ ।

फाल्गुन ५, २०७९ | दाक्सु मिडिया

ईसीसी विश्व क्रिकेट लिग टु त्रिकोणात्मक सिरिजमा त्रिवि मैदान कीर्तिपुरमा भइरहेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले २७५ रनको लक्ष्य पाएको छ । अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

आजको खलेमा नेपालका प्रशिक्षक मोन्टी देसाईले स्पिनर ललित राजवंशीलाई आराम दिएर तीव्र गतिका बलर गुल्सन झालाई समावेश गरेका छन् ।

स्कटल्यान्डले तीन खेलाडी परिवर्तन गरेको छ । नामिबियाविरुद्ध शतक बनाएका जर्ज मोन्से, अर्का मुख्य ब्याटर काइल कोट्जर र बलर सफयान सरिफलाई स्कटल्यान्डले बेन्चमा राखेको हो । घरेलु टोली लगातार दोस्रो जितको खोजीमा छ ।

पहिलो खेलमा नामिबियालाई २ विकेटले पराजित गर्दा नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै २८६ रनको लक्ष्य पूरा गरेको थियो ।

स्कटल्यान्ड पनि नामिबियालाई दश विकेटले हराउँदै लिग टु को विजेता बनेको थियो । सीधै ओडीआई जोगाउन नेपालका लागि लिग टु का प्रत्येक खेल महत्त्वपूर्ण छन् । यसअघि यी दुई टिमबीच लिग टु मा चारपटक भेट हुँदा एकमा नेपाल र तीनमा स्कटल्यान्ड विजयी भएको थियो ।

गत जुलाइमा स्कटल्यान्डलाई नेपालले ५ विकेटले पराजित गरेको थियो । सो खेलमा स्कटल्यान्डले पहिलो ब्याटिङ गरेको थियो । त्यसपछि तीन खेलमा भने स्कटल्यान्डले दोस्रो ब्याटिङ गर्दै जित हात पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: