×

कात्तिक १७ गते रुपन्देही ३ मा उपनिर्वाचन हुने

असार १६, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही ३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बारे औपचारिक पत्र नआएकोले केही निर्णय नभएको उनले बताएका छन् ।

उक्त क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएपछि सो क्षेत्र खाली छ । निर्वाचन आयोगले सो क्षेत्रमा पनि उपनिर्वाचन गराउनुपर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: