सार्वजनिक यातायात ठप्प हुँदा ‘सजिलो’को पहल: प्रति राइड ५० रुपैयाँ बोनस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ १९

काठमाडौँ । सार्वजनिक यातायात सेवा बन्द भइरहेका बेला राइड शेयरिङ कम्पनी ‘सजिलो’ले यात्रु र राइडरलाई राहत दिने उद्देश्यले नयाँ अफर ल्याएको छ। कम्पनीले आफ्ना राइडरहरूलाई प्रत्येक ट्रिपमा ५० रुपैयाँ बोनस दिने घोषणा गरेको छ

सार्वजनिक यातायात व्यवसायीहरूले राइड शेयरिङको विरोधमा सोमबारदेखि सेवा ठप्प पारेको अवस्थामा ‘सजिलो’को यो निर्णयले यात्रुहरूलाई राहत र राइडरहरूलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

कम्पनीका सीईओ अमिर लामाले यो बोनस अफर सार्वजनिक यातायात पूर्णरूपमा सञ्चालनमा नआएसम्म लागू हुने जानकारी दिए। “अन्य प्लेटफर्महरूले भाडा वृद्धि गरेका खबरहरू आइरहेका छन्। तर हामीले नियमित भाडादर कायम राखेका छौं,” उनले भने, “सेवा निरन्तर राख्न र राइडरलाई मर्का नपरोस् भनेर हामीले प्रति राइड ५० रुपैयाँ बोनसको व्यवस्था गरेका हौं।”

सजिलोले ‘स्पट बुकिङ’ सुविधा पनि सुरू गरेको छ, जसअन्तर्गत राइडरले यात्रुका लागि आफैंले राइड बुक गर्न सक्नेछन्। अफलाइन बुकिङको समस्यालाई सम्बोधन गर्न यो सेवा सुरू गरिएको कम्पनीले जनाएको छ।

“अहिले अफलाइन राइडको माग बढ्दो छ। त्यसलाई सजिलो बनाउन हामीले यो सुविधा सुरु गरेका हौं,” सीईओ लामाले बताए।

सन् २०२२ मा स्थापना भएको ‘सजिलो’ले हाल काठमाडौं उपत्यकामा सेवा दिइरहेको छ। पाइलट विजय लामा कम्पनीका सह–संस्थापक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *