रसुवामा प्रहरीले साढे सात किलोभन्दा धेरै सुन बरामद गर्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ४

काठमाण्डौँ । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो ।

सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् ।

स्याउ लिएर आएको कन्टेनरमा चालकको सिट नजिकै फल्स बटन बनाएर सुन राखेको पाइएको पौडेलले बताए ।

सीमावर्ती बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा प्रहरीले सुन बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *