
सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका ९ लोखिममा आफ्नै बाबुले ५ बर्षिया छोरीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएका छन् । आज बिहीबार विहान ३२ वर्षका बाबू चामकुमार तामाङले धारिलो हतियार प्राहार गरि घाईते बनाएका हुन् ।
खुकुरी प्रहारबाट घाईते ५ वर्षीया छोरी पवित्रा तामाङको थप उपचारको लागि गाउँ पालिकाले हेलिकप्टर चार्टर गरि काठमाण्डौँ पठाएको छ । थुलुङदुधकोशी अस्पतालले काठमाडौं रिफर गरेपछि पालिकाकै खर्चमा हेलिकप्टर चार्टर गरि काठमाडौं पठाएको हो ।
अबोध बालिकाको जीवन रक्षाको लागि स्थानीय सरकारले हेलिकप्टर मार्फत उपचारका लागि उद्धार गरेको पालिका अध्यक्ष असिम राईले बताउनु भएको छ ।
उहाँका अनुसार घटना हुनासाथ बालिकालाई अस्पताल ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । तर त्यहाँ उपचार संभव नभए पछि नागरिकको जीवन बचाउनु सरकारको दायित्व भएकाले हेलि चार्टर गरेर काठमाडौ पठाएको उहाँले जानकारी दिनुभयो ।
बिहीबार बिहान साँढे ६ बजे घरमै खुकुरीले काटेर बाबू फरार भएको र छोरीको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ । फरार अभियुक्तको खोजी कार्यलाइ तिब्रता दिएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया