|
२०८३ जेष्ठ २१
भक्तपुर, जेठ २१ — भक्तपुर नगरपालिका–१० छालिङमा पारिवारिक विवादका क्रममा एक महिलाको ज्यान गएको छ। घटनामा एक बालक घाइते भएका छन्।
प्रहरीका अनुसार ३३ वर्षीया सलिना विश्वकर्मामाथि उनका श्रीमान् विदुर विश्वकर्माले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। गम्भीर घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
आक्रमणमा परी दम्पतीका आठ वर्षीय छोरा समेत घाइते भएका छन्। घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्