मनसुन र यात्रु कमीले पोखरा–जोमसोम उडान स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २१

मुस्ताङ, जेठ २१ — मनसुन सुरु हुनुका साथै यात्रु सङ्ख्या घटेपछि पोखरा–जोमसोम नियमित हवाई सेवा करिब तीन महिनाका लागि रोकिएको छ।

जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार तारा एयरलाइन्स र समिट एयरलाइन्सले मौसमको प्रतिकूलता तथा पर्यटकीय अफसिजनलाई ध्यानमा राख्दै उडान अस्थायी रूपमा बन्द गरेका हुन्।

नियमित उडान रोकिए पनि आकस्मिक चार्टर तथा हेलिकप्टर सेवा भने सञ्चालनमै रहने जनाइएको छ। सम्बन्धित वायुसेवा कम्पनीहरूले मौसम सुधार र पर्यटक आगमन बढेसँगै आगामी भदौदेखि सेवा पुनः सञ्चालन गर्ने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *