सोताङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गर्न नपाइने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र १८

सोलुखुम्बु । सोताङ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, शिक्षकहरुले आफ्ना छोराछोरीहरुलाई निजी विद्यालयमा भर्ना गर्न नपाउने भएका छन् । आर्थिक बर्ष २०८१/८२ को पारित निति अनुसार यस्तो नियम लागु गरिएको हो ।

गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नुका साथै सामुदायिक विद्यालयलाई थप जिम्मेवार बनाउने उद्देश्यले उक्त निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा स्थायी रुपमा बसोबास गरेर पालिकाभित्रै आफ्ना बालबच्चालाई निजी विद्यालयमा पठन पाठन गराउँदै आएका स्थायी तथा करारमा कार्यरत सम्पुर्ण शिक्षक, पालिकाका कर्मचारीहरुले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा भर्ना गर्ने गरि परिपत्र गरेको छ ।

सरकारी कर्मचारीहरुले नै महँगो शुल्क तिरेर छोराछोरीलाई निजी विद्यालयमा पढाउने गर्दा सामुदायिक विद्यालयप्रति अन्य अभिभावकहरुको विश्वासनियता गुम्दै गएकाले स्थानीय तहले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *