×

‘नो केबुलकार’ समूहका ३ जना धरौटीमा रिहा

माघ २४, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । ताप्लेजुङको पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै आन्दोलन गर्दा पक्राउ परेकाहरू रिहा भएका छन् । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका तीन जना धरौटीमा रिहा भएका हुन् ।

प्रदीप मादेन १० हजार तथा लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिएका छन् ।

गत १२ माघमा पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै विरोध भएको थियो ।

विरोध प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा तीन जना गम्भीर घाइते भएका थिए । त्यसको विरोधमा आन्दोलनरत पक्षले अरुण पूर्वका नौ जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरेका थिए ।

‘नो केबुलकार समूह’ ले २१ माघमा काठमाडौंको माइतीघरमा गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन समेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: