×

काठमाडौँको बबरमहलमा फुटेको खानेपानी पाइप मर्मत कार्य हुँदै

फाल्गुन १, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । काठमाडौँको बबरमहलमा फुटेको खानेपानी पाइप मर्मतको काम भइरहेको छ । बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइपको मर्मत कार्य गरिएको हो ।

सो क्षेत्रमा फुटेको पाइपको स्थानमा नयाँ पाइप राखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप फुटेपछि बुधबार रातिदेखि नै मर्मत गर्ने कार्य सुरु गरिएको थियो ।

पाइप फुटेपछि पानी पूरै बगेर बबरमहल जलमग्न भएको थियो । विद्युतका तार भूमिगत गर्न ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको हो । जसले विशेष अदालतसहित सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । मेलम्ची खानेपानीको पाइप फुट्दा ३० लाख लिटर पानी सडकमा बगेर खेर गएको केयुकेएलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: