आजदेखि पुन: मेलम्चीको पानी वितरण हुँदै दाक्सु मिडिया | २०७९ बैशाख ११ काठमाडौं, बैशाख ११। वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुनः मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने भएको हो । आइतवार बिहान पौने ९ बजे खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट उद्घाटन गरेसँगै उपत्यकावासीले मेलम्चीको पानी पुनः उपयोग गर्न पाउनेछन् । गत जेठदेखि मेलम्चीको खानेपानी वितरण रोकिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत ई। मिलनकुमार शाक्यले पानी वितरणका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । मन्त्री चौधरीले मीनभवनबाट खानेपानीको उद्घाटन गर्ने र त्यससँगै रहेको पाइपको परीक्षण पनि गरिने जानकारी दिए । उनका अनुसार मीनभवनसहित बानेश्वर, थापाथली, महाँकाल (चावहिल), अनामनगरलगायत स्थानमा पानी वितरण हुनेछ । यसैगरी कीर्तिपुर, खुमलटार, भक्तपुरको बोडे, स्वयम्भू, बालाजु, नयाँ बजार, कालीमाटी, महाराजगञ्ज लगायतका क्षेत्रमा आइतवारदेखि नै पानी वितरण शुरू गरिनेछ । सरकारले चैत मसान्तभित्र उपत्यकावासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने घोषणा गरेको थियो । घोषणाको १० दिनपछि केयूकेएलले पानी वितरण गर्न लागेको आजको आर्थिक अभियान दैनिकमा खवर छ । थप समाचारहरु घर – घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण आजदेखि मेलम्चीको पानी बालाजु क्षेत्रमा वितरण गर्ने दुई सातापछि मेलम्चीको पानी घरघरमा काठमाडौंमा आजदेखि मेलम्चीको पानी : अनामनगर क्षेत्रमा चौबिसैघण्टा उपलब्ध हुने टालटुले पाइपबाट मेलम्चीको पानी : काठमाडौँको सडक जलमग्न बन्ने खतरा उपत्यकामा दैनिक सवा १२ करोड लिटर मेलम्चीको पानी वितरण तपाईको प्रतिक्रिया दिनुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked * Your Comment* Name* Email* Website Notify me of follow-up comments by email. Notify me of new posts by email. Δ
तपाईको प्रतिक्रिया दिनुहोस्