चिनियाँ यान चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १२

काठमाडौँ : चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ। मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो। उक्त यान मंगलवार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ।

चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन्।

चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ। चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *