अमेरिकी राष्ट्रपतिद्वारा चिनियाँ ए्यापस्हरुमाथिको प्रतिबन्ध हटाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २७

२७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो पहिलो विदेश यात्राको लागि प्रस्थान गर्नु अघि ठूलो निर्णय गरेका छन्।

केही समयका लागि उनले अमेरिकामा चिनियाँ ए्यापस्हरुमाथिको प्रतिबन्ध हटाएका हुन्। यो प्रतिबन्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ जनावरीमा लगाएका थिए। त्यसपछि टिकटक लगायत कुल ९ चिनियाँ ए्यापस्हरु प्रतिबन्धित गरिएको थियो। ट्रम्पले यी ए्यापस्हरु अमेरिकी नागरिक र अमेरिकाको सुरक्षाका लागि खतरा रहेको पनि उल्लेख गरेका थिए।

ह्वाइट हाउसले अब चीनको ए्यापस् र नयाँ कम्पनीहरूको लागि रणनीति तयार गरिरहेको अवस्था छ। ह्वाइट हाउसका अनुसार यस विषयमा फेरि विचार गरिने र चाँडै नै सही निर्णय लिने भनिएको छ।

बाइडन प्रशासनले ट्रम्पको कार्यकारी आदेश रद्द गरेतापनि चीनको लागि लामो समय सम्म राहत रहन नसक्ने बताएको छ। अन्य देशहरूबाट नियन्त्रण गरिएको ए्यापस्हरुलरुले अमेरिका, यसका मानिसहरू र उनीहरूको डेटालाई हानी पुर्याउन सक्ने भएका कारण ति ए्यापस्हरुको राम्ररी अनुसन्धान गर्न लागिएको हो।

ट्रम्पद्वारा एलीपे, क्यामस्केनर, क्युक्यु वालेट, सेयर इट, टेनसेन्ट क्युक्यु, भि मेट, वि च्याट पे, डब्लु पि यस अफिस र टिकटक प्रतिबन्धित

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *