×

माेटरसाइकल किन्न निस्किएका सिरहाका दुखरण भारतीय बजारमा मृत भेटिए

भदौ १९, २०७८ | दाक्सु मिडिया सम्वाददाता

सिरहा । सिरहाको गोलबाजर नगरपालिका-४ निपनियाँका एक व्यक्ति भारतमा मृत भेटिएका छन् । ४० वर्षीय दुखरण महराको शव सिरहासँगै जोडिएको भारतीय बजार जयनगर नजिकै फेला परेको प्रहरीले जानकारी दिएको छ ।

महराको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । महराको शव जयनगरकै एक अस्पतालमा राखिएको बताइएको छ ।

परिवारका सदस्यले बताए अनुसार महरा शुक्रबार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केका थिए । उनका जेठा छोरा विमल महराले पुष्टि गरे । 

घटना पश्चात भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरिरहेको छ । मृतक महराका श्रीमती, ती छोरा र एक छोरी छन् ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: