×

बङ्गलादेशमा यु- १९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाल दोस्रो

बैशाख १७, २०८१ | दाक्सु मिडिया

काठमाडौ । बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न यु- १९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली समुह दोस्रो भएका छन ।
आज (सोमबार ) सम्पन्न फाईनल खेलमा बङ्गलादेश रातो संग ३-० ले पछि पर्दै दोस्रो स्थान ओगटेको हो। प्रतियोगिताको आउट साईड हिटरमा नेपालकै सुनिल बोहरा चुनिएका छन् ।
पहिलो पटक अन्तरास्ट्रिय स्तरमा नेपाली भलिबल यु- १९ का खेलाडीहरुले उत्कृष्ट प्रदर्शन संगै फाईनल प्रवेश गरि ट्रफी हात पारेकोमा ठूलो सफलता संगै खुसी मिलेको टिम म्यानेजर तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष दिपक थापाले बताउनु भयो ।

प्रतियोगिताको समापन संगै आजै पुरस्कार वितरण गरिएको थियो । नेपाली टोलिले दोस्रो विधाको ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै उत्कृष्ट आउट साईड हिटरको सुनिल बोहरा लाई आयोजकले ट्रफी प्रदान गरेको थापाले उल्लेख गर्नुभयो ।
बङ्गलादेश गएका खेलाडीमा अविशेक थापा, सुरेश मल्ल, , पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, यज्ञराज जोशी, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशि पुलामीमगर र भुवन तामाङ छन् । प्रशिक्षकमा उत्सव खड्का र जनकबहादुर खड्का जानुभएको थियो ।
प्रतियोगितामा भाग लिन जादा कुनै निकायबाट सहयोग नजुटेपछि सहायता फाउण्डेसनका अध्यक्ष राजु ढु्ङ्गेल, व्यवसायी लक्ष्मण अवाल र दिपक थापा आफैँले रकम जुटाएर ढाका पुगेर खेलमा भाग लिएको थापाको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: