|
२०८३ असार १०
काठमाडौँ, असार १० — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि नेपाल प्रहरीका कर्मचारीलाई महिनामा दुई किस्तामा तलब उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ।
अर्थ मन्त्रालयको निर्णयअनुसार अब राष्ट्रसेवक कर्मचारीहरूले प्रत्येक १५ दिनको अन्तरालमा अर्धमासिक रूपमा तलब तथा भत्ता प्राप्त गर्नेछन्। सोही व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका सम्बन्धित कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।
नयाँ प्रणाली लागू भएसँगै तलब वितरण प्रक्रिया थप व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ। साथै, प्रहरीसँग सम्बन्धित आर्थिक तथा कल्याण प्रणालीलाई पनि नयाँ व्यवस्थाअनुसार अद्यावधिक गर्न भनिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्