विश्व विद्या मन्दिर स्कुलमा अभिभावक दिवस सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८० फाल्गुन ९

मिलन खालिङ
काठमाडौ ९ फाल्गुन 
विश्व विद्या मन्दिर स्कुल हरिसिद्धि २९ ललितपुरले विभिन्न कार्यक्रमका साथ अभिभावक दिवस फाल्गुन ५ गते भव्यतापूर्वक सम्पन्न गरेको छ । 
फागुन १ गते अरम्भ भएको अभिभावक दिवसको समापनको अवसरमा शनिबार २०७९ सालको एस ईई परीक्षामा ललितपुर जिल्लाका उत्कृष्ट अंक ल्याउने वद्यार्थी सुसान राई र लक्ष्मी राईलाई सम्मान गरिएको थियो। त्यसैगरी २०७९ सालको वार्षिक परीक्षामा प्रथम दितीय र तृतिय हुने कक्षा १ देखि ९  सम्मका विद्यार्थी एवम् नेपाली तथा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गरिएको थियो। 
कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र संस्थानका वरिष्ठ अधिकृत तथा सञ्चालक बिक्रमबाबु राईले विद्यालयले स्थापन कालदेखि अहिलेसम्म हरेक विधामा सफल भएको चर्चा गर्नुभयो।
व्यवस्थापन समितिका अध्यक्ष केशव कुमार राईले दिवस मनाउने परम्पराले अभिभावक शिक्षक र विद्यार्थीबीच सुसम्बन्ध कायम राखन्न मघत पुग्ने बताउनु भयो ।
प्रधानाध्यापक चक्रमणि राईले आउने शैक्षिक सत्रको योजना प्रस्तुत गर्दै अभिभावकहरूको बाक्लो उपस्थितिले आफुलाई गर्व लागेको बताउनु भयो ।
 
विद्यालयले जेहेन्दार र विपन्न परिवारलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। हालसम्म १८० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाइसकेका छन्। 
विद्यालयले हरेक विद्यार्थी तथा शिक्षकले जन्मदिनको अवसरमा केही न केही योगदान गर्ने उद्देश्यले वर्थ डे फन्ड बनाइएको तथा सो कोषबाट शैक्षिक क्षेत्रमा योगदान गर्ने जानकारी दिँनुभयो । अध्यक्ष राईले यसबाट सामाजिक क्षेत्रमा काम गर्न विद्यार्थीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न जातजातिको सस्कृति समेटिएको सांगीतिक साँझ प्रस्तुत गरिएको थियो भने सधैँझैं रक्तदान कार्यक्रम फाल्गुन १९ राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *