×

सोलुखुम्बुमा वृक्षारोपन गरी विश्व वातावरण दिवस मनाइयो

जेष्ठ २३, २०८२ | दाक्सु मिडिया

सोलुखुम्बु । विश्व वाताबरण दिवसको अवसरमा सोलुदुधकुण्ड नगरपालिकाले नगर परिसरदेखि बसपार्कसम्म बृक्षरोपण गरेको छ । सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।

बिहीबार वतावरण सरक्षणमा हाम्रो सकंल्प स्वच्छ नगर सुखी जीवन प्लास्टिक प्रदुषण न्युनिकरण हाम्रो दायित्व गरी विश्व वातावरण दिवस २०८२ सोलुखुम्बुमा भव्य रूपमा मनाइएको छ । मानव जातिको महत्त्वाकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आजको चुनौती बनेको भन्दै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख बद्रीप्रसाद शाहले विकासलाई वातावरणमैत्री बनाउन वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण गरी दिवस मनाएको बताउनु भएको छ ।

यस वर्ष सोलुखुम्बु जिल्लाको स्कुलहरुमा ४ सय ४५ वटा बिरुवा रोपेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । मयुंरपखीका बिरुवा ३ सय ३५, जापानीज धुपी ६० ,गुराँस ४० अन्य १० प्रजातिका बिरुवा रोपिएको छ ।

जनजागृति आ.विमा मयुरपखींका बिरुवा ४० ,गुराँसको ४०, जन जनजागृति माविमा मयुरपखींका १०० वटा बिरुवा रोपेको छ । यस्तै अन्य स्थानहरुमा पनि वृक्ष रोपण गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रत्येक जुन ५ तारिखका दिन विश्व वातावरण दिवस मनाइन्छ । १९७२ जुन ६ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बनेको थियोे । त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: