×

सोलुखुम्बु बहुमुखी क्याम्पसले बौद्ध दर्शन–शास्त्र अध्यापन गराउने

कार्तिक १२, २०८०

सोलुखुम्बु ।

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा स्थित सोलुखुम्बू बहुमुखी क्यम्पसले बौद्ध दर्शन–शास्त्र अध्यापन गराउने भएको छ । क्याम्पस सञ्चालक समितिले आगामी शैक्षिक सत्रबाट बौद्ध दर्शन–शास्त्र विभाग थप गरी अध्यापन गराउने निर्णय गरेको हो ।
उक्त प्रयोजनका लागि आर्थिक तथा प्रविधिक व्यवस्थापन गर्न आङ छिरिङ शेर्पाको अध्यक्षतामा समिति गठन गरिएको क्याम्पस सञ्चालक समिति संस्थापक सदस्य आङ गेलु शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख उद्धब कुमार शर्मा रहनुभएको छ । बौद्ध दर्शन–शास्त्र कक्षा सञ्चालनका लागि सरकारसँग पुरा गर्नुपर्ने प्रकृयाका लागि आफुहरु लागि परेको क्याम्पस प्रमुख शर्माले बताउनुभयो ।
बैठकले रिक्त संचालक समिति सदस्यमा संविधान सभा सदस्य गोकर्ण राईलाई मनोनित गरिएको छ । बैठकले क्याम्पस सञ्चालक समितिका संस्थापन सदस्य आङ गेलु शेर्पा नेपाली कांग्रेसको पर्यटन विभाग प्रमुख हुनुभएकोमा बधाई ज्ञापन गर्नुका साथै सम्मान गरेको बताइएको छ ।
बैठकमा कांग्रेस नेता प्रकाश सिंह कार्की लगायतका व्यक्तिहरुको उपस्थिती थियो । वि.स. २०५० सालमा स्थापना भएको उक्त क्याम्पसमा वाणिज्य, शिक्षा, व्यवस्थापन, कानुन संकाय लगायतका विषयहरु अध्यापन हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: