ब्राइट फ्युचरको १८ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः त्रिपाठी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २८

२८ चैत्र, धादिङ – धादिङ मलेखुमा स्थित ब्राइट फ्युचर बोर्डिङ स्कुलले आफ्नो १८ औं साधारण सभा सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजकुमार त्रिपाठीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र लेखा समितिका सदस्यहरुले विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए ।
बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष भुवन त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयको नयाँ सञ्चालक समिति चयन गरिएको छ । समितिमा निवर्तमान अध्यक्ष राजकुमार त्रिपाठीलाई नै पुनः अध्यक्ष चुनिएको छ । कार्यक्रममा बोल्दै वडाध्यक्ष त्रिपाठीले विद्यालयको समग्र शैक्षिक विकासका लागी सबैको हातेमालो आवश्यक रहेको भन्दै लामो समय अध्यापन गराउँदै आएका शिक्षकलाई स्थायी प्रकृयामा लैजानुपर्ने र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने कुरा बताए ।
कार्यक्रममा विद्यालयका पूर्व सञ्चालक हरु देव प्रसाद त्रिपाठी , ज्ञानेन्द्र प्रसाद सिलवाल ,खडानन्द त्रिपाठी , समाजसेवी पद्मराज कँडेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *