पेट्रोलियम आयातमा वृद्धि, काँकडभिट्टाबाट २४ अर्बभन्दा बढीको इन्धन भित्रियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १७

भद्रपुर — पूर्वी नेपालको प्रमुख भन्सार नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८२/८३ मा रु २४ अर्ब ५० करोडभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार पेट्रोल, डिजेल र एलपिजी ग्यास आयात गरिएको हो। कुल आयातमध्ये पेट्रोलको हिस्सा सबैभन्दा ठूलो रहेको छ भने डिजेल दोस्रो र एलपिजी तेस्रो स्थानमा रहेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा पेट्रोल र डिजेलको आयातमा उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। इन्धन आयातबाट पेट्रोल र डिजेलमार्फत मात्रै सरकारले रु ८ अर्ब ७८ करोडभन्दा बढी राजस्व संकलन गरेको तथ्यांकले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *