२० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बिवाइडीको गाडी खरिद गर्न सकिने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १८

बिवाइडीको विद्युतीय गाडी खरिद गर्न कुमारी बैंकले सहज कर्जा दिने भएको छ।

नेपालको लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र कुमारी बैंकबीच सहज फाइनान्सिङको लागि सम्झौता भएको हो। 

यससँगै बैंकले बिवाइडीको गाडी खरिदको लागि ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गर्ने भएको हो। यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले बिवाइडी अट्टो-३ खरिद गर्न जम्मा १२ लाख ९८ हजार रुपैयाँ र अल न्यू ई-६ खरिद गर्न जम्मा ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ।

हाल बिवाइडीको अट्टो-३ को बजार मूल्य ६४ लाख ९० हजार रुपैयाँ र अल न्यू ई-६ को बजार मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ।

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *