बेनिघाट रोराङमा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइयो , विद्यालयको जम्बो टोली सम्मानित (सूची सहित )

DaksuMedia दाक्सु मिडिया
|
२०७९ भाद्र २४

२३ भदौ, २०७९, धादिङ – बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा “साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण” भन्ने मूल नाराका साथ ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवस तथा “शिक्षामा सुधार–प्रगतीको आधार” भन्ने मूल नाराका साथ प्रथम स्थानिय शिक्षा दिवस भव्यताको साथ सम्पन्न भएको छ । बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा सम्मपन्न कार्यक्रममा गाउँपालिका भित्रका कक्षा आठ, एस.इ.इ. र कक्षा १२ को नतिजालाई आधार मानेर उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरु, विषयगत शिक्षकहरु, विद्यार्थीहरु तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ÷शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा सामुदायिक तर्फ कक्षा आठमा कालिका आधारभूत विद्यालय मोरियाले पहिलो पुरस्कार प्राप्त गर्न सफल भयो भने चन्द्रोदय मा.वी. बेनिघाट दोस्रो र हर्कपुर मा.वी.ले तेस्रो पुरस्कार प्राप्त गर्न सफल भए । संस्थागत तर्फ ब्राइट फ्युचर इङ्लििस बोर्डिङ स्कुलले सम्मान प्राप्त गर्यो । यस्तै २०७८ सालको एस.इ.इ परिक्षामा चन्द्रोदय मा.वी. विशालटारले उच्च जिपिए का साथ प्रथम , बागेश्वरी उच्च मा.वी. दोस्रो र चन्द्रोदय मा.वी. बेनिघाट तेस्रो सम्मान प्राप्त गर्न सफल भयो । कक्षा १२ तर्फ भने चन्द्रोदय मा.वी. विशालटार प्रथम, बागेश्वरी उच्च मा.वी.दोस्रो र राष्ट्रिय मा.वी फोरभञ्ज्याङ तेस्रो भयो । संस्थागत तर्फ ब्राइट फ्युचर बोर्डिङ स्कुलले प्रथम स्थान प्राप्त गर्यो । नतिजाको आधारमा कक्षा आठ, एस.इ.इ.र कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरु, विद्यालय , वि.व्य.स. अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षलाई समेत सम्मान गरिएको थियो । यस्तै क्रमशः कक्षा आठ, एस.इ.इ. र कक्षा १२ मा सबै विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रमामणपत्रद्धारा सम्मान गरिएको थियो भने विषयगत शिक्षकलाई प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष , उपाध्यक्ष , शिक्षा विकास तथा समन्वय इकाई धादिङका निमित्त इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठ, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु , राजनैतिक दलका प्रमुखहरु , गाउँ शिक्षा समितिका सदस्यहरु, पेशागत शिक्षकको तर्फबाट रेष्टन कँडेल , सामुदायिक सिकाई केन्द्र , विद्यालयका प्रधानाध्यापकहरु , शिक्षकहरु, विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सामाजिक विकास समिति संयोजक टेकनाथ सिलवालले गाउँपालिकाको यो शिक्षकलाई उत्प्रेरणा दिने कार्यको सर्हाना गर्नुभयो । शिक्षा विकास तथा समन्वय इकाई धादिङका निमित्त इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठले शिक्षालाई प्राथमिकतामा राख्ने हो भने शिक्षाको लगानीलाइ प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले विकासको प्रमुख आधार शिक्षा भएकोले जनप्रतिनिधिहरुलाई शिक्षामा नै बढी जोड दिन अनुरोध गर्नुभयो । बेनिघाट रोराङ गाउँपालिकामा कृषि क्याम्पसको माग भएकोले यही आर्थिक वर्षको निति तथा कार्यक्रममा कृषि क्याम्पस खोल्ने सैद्धान्तिक निर्णय गर्दै यही बर्ष कृषि क्याम्पस सञ्चालन हुने बचन व्यक्त गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले शिक्षाको आवश्यकता र शिक्षकका समस्यालाई सम्बोधन गर्दै गाउँपालिकाले शैक्षिक घोषणापत्र सार्वजनिक गर्ने जमर्को गरेको जानकारी गराउनुभयो । कार्यक्रमका सभापति पालिका प्रमुख कृष्ण बहादुर थपलिया ( विवेक ) ले शिक्षकलाई कुनैपनि राजनैतिक पार्टीेको झोला नबोकी बिद्यालयकै झोला बोक्न अनुरोध गर्दै शिक्षामा नयाँ नयाँ सुधार गर्दै लैजाने बताउनुभयो । उहाँले विद्यार्थीको पढाई सँगसँगै खेलकुदमा पनि पालिकाले लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु र शिक्षकहरुले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

सम्मानित हुनेहरुको सूची
१. विद्यालय सम्मान
सामुदायिक विद्यालय तर्फ
गाउँपालिका स्तरीय कक्षा ८ मा प्रथम विद्यालय कालिका आवि मोहरिया , दोस्रो चन्द्रोदय मावि बेनीघाट, तेस्रो विद्यालय हर्कपुर मावि र
संस्थागत तर्फ
गाउँपालिका स्तरीय कक्षा ८ मा प्रथम विद्यालय श्री ब्राइटफ्यूचर इ.बा रहेको छन् ।
SEE मा सामुदायिक तर्फ
चन्द्रोदय मावि विशालटार प्रथम, बागेश्वरी मावि रिचोकटार, सामुदायिक तर्फ तेस्रो विद्यालय राष्ट्रिय मावि खोरभञ्ज्याङ,
संस्थागत तर्फ
प्रथम ब्राइटफ्यूचर
कक्षा १२ तर्फ
चन्द्रोदय मावि विशालटार ४७.९५ प्रतिशत
दोस्रो बागेश्वरी मावि रिचोकटार ४६.९२ प्रतिशत
तेस्रो राष्ट्रिय मावि खोर भञ्ज्याङ ३५.२९ प्रतिशत

२. विद्यार्थीहरुलाई सम्मान
सामुदायीक तर्फ
कक्षा ८ मा प्रथम हुने किस्मत रेग्मी ३.७८ (चन्द्रोदय मावि विशालटार)
दोस्रो हुने ईश्वर सिलवाल र रमित चौधरी ३.६९ (श्री बागेश्वरी मावि रिचोकटार)
तेस्रा हुने मनिका कंडेल र सोनिका सापकोटा ३.६० (श्री चन्द्रोदय मावि विशालटार )
संस्थागत तर्फ
कक्षा ८ मा प्रथम हुने अर्पण ढकाल (बेनी शिक्षा सदन) ३.९६ र समृद्वि सिलवाल ३.९६ (ब्राइटफ्यूचर)
दोस्रो हुने अजित सिलवाल, कृति रावल, सन्ध्या कुमारी यादव, संशा इलम,स्मारिका पोखरेल ३.९१ (ब्राइटफ्यूचर )
तेस्रो हुने सुमित उप्रेती र सुशान श्रेष्ठ ३.८७ (बेनी शिक्षा सदन) र प्रसशा पाण्डे ३.८७ (ब्राइटफ्यूचर)

३. SEE मा गाउँपालिका
सामुदायिक तर्फ
प्रथम सिरिषा कुंवर (चन्द्रोदय मावि विशालटार) ३.९२
दोस्रो स्वेच्छा कुंवर (चन्द्रोदय मावि विशालटार) ३.८८
तेस्रो कौशल कडुवाल ( चन्द्रोदय मावि विशालटार) ३.७५
संस्थागत तर्फ
प्रथम सुरज उप्रेती ३.८५ र पावन सिलवाल ३.८५ ब्राइटफ्यूचर
दोस्रो सञ्जिल कंडेल ३.७५ ब्राइटफ्यूचर
तेस्रा आयुष खनाल र संयोग सिलवाल ३.७० ब्राइटफ्यूचर

४. कक्षा १२ तर्फ
प्रथम रोजिना लोहनी ३.६७ GPA चन्द्रोदय मावि विशालटार
दोस्रो इन्द्र वहादुर वि. क.३.५७ GPA बागेश्वरी मावि रिचोकटार
तेस्रो सुशिल सुयल ३.५३ GPA चन्द्रोदय मावि विशालटार

५. विव्यस अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षलाई प्रशंसापत्र प्रदान
कालिका आविका विव्यस अध्यक्ष/PTA श्रीगुणराज उप्रेती/सन्दिप घले
चन्द्रोदय मावि बेनीघाटका विव्यस अध्यक्ष/PTA रोशन कुमार सिलवाल/केशव प्रसाद कंडेल
हर्कपुर माविका विव्यस अध्यक्ष/PTA गुणराज उप्रेती/हरि प्रसाद सिलवाल

६. सामुदायिक विद्यालयका विषयगत शिक्षकहरु (कक्षा ८ तर्फ) सम्मानित
पुरस्कार रकम प्रथम नगद रु.३०००, दोस्रो रु.२००० र तृतीय रु १००० र प्रशंसापत्र
विज्ञान शिक्षक प्रथम संगिता बसेल ५५.११ सि.उ. कालिका आवि मोहरिया
विज्ञान शिक्षक द्वित्तीय यशोधा सिलवाल ५२.१३ सि.उ. रालवडांडा आवि
विज्ञान शिक्षक तृतीय नविन थापा ५१.५६ सि.उ. राष्ट्रिय मावि खोरभञ्ज्याङ
गणित शिक्षक प्रथम सुमन श्रेष्ठ ७०.४४ सि.उ. कालिका आवि मोहरिया
गणित शिक्षक द्वित्तीय राजु श्रेष्ठ ४८.३५ सि.उ. हर्कपुर मावि
गणित शिक्षक तृतीय इश्वरबाबु रेग्मी४७.२१ सि.उ. चन्द्रोदय मावि बेनीघाट
नेपाली शिक्षक प्रथम प्रशान्त बसेल ६४.५६ सि.उ. कालिका आवि मोहरिया
नेपाली शिक्षक द्वित्तीय सजुना श्रेष्ठ ५७.८९ सि.उ. चन्द्रोदय मावि बेनीघाट
नेपाली शिक्षक तृतीय मिना तामाङ ५६.०६ सि.उ. रालवडांडा आवि
सामाजिक शिक्षक प्रथम पार्वती सेढाई कडेल ६८.६३ सि.उ. चन्द्रोदय मावि बेनीघाट
सामाजिक शिक्षक द्वित्तीय राजेन्द्र कोइराला ६६.११ सि.उ. कालिका आवि मोहरिया
सामाजिक शिक्षक तृतीय यशोधा सिलवाल ६२.७५ सि.उ. रालवडांडा आवि
अंग्रेजी शिक्षक प्रथम नर्मदा पोखरेल दाहाल ६१.६३ सि.उ. चन्द्रोदय मावि बेनीघाट
अंग्रेजी शिक्षक द्वित्तीय पासाङ लामा ६०.१२ सि.उ. बागेश्वरी मावि
अंग्रेजी शिक्षक तृतीय मिश्र शाक्य५९.६६ सि.उ. चन्द्रोदय मावि विशालटार
कम्प्यूटर शिक्षक प्रथम प्रशान्त बसेल७३.०० सि.उ. कालिका आवि मोहरिया
कम्प्यूटर शिक्षक द्वित्तीय मिना तामाङ७२.०० सि.उ. रालवडांडा आवि
कम्प्युटर शिक्षक तृतीय माधव कुमार भुजेल७१.८२ सि.उ. हर्कपुर मावि हर्कपुर
स्वास्थ्य शारीरिक शिक्षक प्रथम उषा पन्त ३८.४३ सि.उ. बागेश्वरी मावि
स्वास्थ्य शारीरिक शिक्षक द्वित्तीय सत्यधर कंडेल ३७.५८ सि.उ. चन्द्रोदय मावि बेनीघाट
स्वास्थ्य शारीरिक शिक्षक तृतीय सुस्मिता पाण्डे ३६.३८ सि.उ. रालवडांडा आवि
OBTE शिक्षक प्रथम सहदेव राज काफ्ले ७५.७४ सि.उ. चन्द्रोदय मावि बेनीघाट
OBTE शिक्षक द्वित्तीय शरण कुमार श्रेष्ठ७४.९४ सि.उ. हर्कपुर मावि हर्कपुर
OBTE शिक्षक तृतीय रेष्टन कंडेल७३.६३ सि.उ. रावलडांडा आवि रावलडांडा
नैतिक शिक्षा शिक्षक प्रथम सत्यधर कंडेल ४१.०० सि.उ. चन्द्रोदय मावि बेनीघाट
नैतिक शिक्षा शिक्षक द्वित्तीय धर्मेन्द गुरुङ ३९.७६ सि.उ. हर्कपुर मावि
नैतिक शिक्षा शिक्षक तृतीय रामशरण प्रजा३८.९६ सि.उ. चन्द्रोदय मावि विशालटार

७. संस्थागत विद्यालय विषयगत शिक्षक (कक्षा ८ तर्फ) सम्मान
प्रथमलाई नगद रु.३००० र प्रशंसापत्र

विज्ञान शिक्षक प्रथम कृष्ण ढकाल ८६.०३ सि.उ. ब्राइटफ्यूचर
गणित शिक्षक प्रथम सुमन सुनार८८.५० सि.उ. बेनी शिक्षा सदन
नेपाली शिक्षक प्रथम सोमुना खड्का ८०.७७ सि.उ. ब्राइटफ्यूचर
सामाजिक शिक्षक प्रथम सनम श्रेष्ठ ८५.५० सि.उ. ब्राइटफ्यूचर
अंग्रेजी शिक्षक प्रथम दीपा लोहनी ८७.१० सि.उ. ब्राइटफ्यूचर
कम्प्यूटर शिक्षक प्रथम विक्रम गौतम ९५.३३ सि.उ. ब्राइटफ्यूचर
स्वास्थ्य शारीरिक शिक्षक प्रथम पदम खड्का४७.४३ सि.उ.बेनी शिक्षा सदन
OBTE शिक्षक प्रथम देवकी विक ९४.२३ सि.उ. ब्राइटफ्यूचर
नैतिक शिक्षा शिक्षक प्रथम दुर्गा बहादुर गुरुङ ४७.४० सि.उ. राइजिङ स्टार बोर्डिङ स्कुल

८. सामुदायिक विद्यालय विषयगत शिक्षक (क्भ्भ् तर्फ) सम्मानित
प्रथमलाई नगद रु.३०००, दोस्रोलाई रु.२००० र तृतीयलाई रु १००० र प्रशंसापत्र

विज्ञान शिक्षक प्रथम चुडामणी पोखरेल २.४१ बागेश्वरी मावि
विज्ञान शिक्षक द्वित्तीय नविन थापा २.२६ राष्ट्रिय मावि
विज्ञान शिक्षक तृतीय सुशिल खनाल २.२४ हर्कपुर मावि
गणित शिक्षक प्रथम युवराज पौडेल १.५८ शंखादेवी मावि
गणित शिक्षक द्वित्तीय बेद प्रसाद ढकाल १.५० बागेश्वरी मावि
गणित शिक्षक तृतीय इशाक घले १.३१ कालिका मावि
नेपाली शिक्षक प्रथम भुमी प्रसाद त्रिपाठी २.८७ बागेश्वरी मावि
नेपाली शिक्षक द्वित्तीय टेकनाथ सिलवाल २.८० पञ्चकन्या र दिपक रिजाल २.८० खोरभञ्ज्या
नेपाली शिक्षक तृतीय कृष्ण परियार २.७७ चन्द्रोदय बेनीघाट
सामाजिक शिक्षक प्रथम कृष्ण प्रसाद रेग्मी २.८२ बागेश्वरी मावि
सामाजिक शिक्षक द्वित्तीय गणेश अर्याल २.७० खोर
सामाजिक शिक्षक तृतीय धर्मेन्द्र गुरुङ २.६९ हर्कपुर मावि
अंग्रेजी शिक्षक प्रथम यमुना खड्का २.४६ चन्द्रोदय बेनीघाट र तिलकराज तामाङ २.४६ बागेश्वरी
अंग्रेजी शिक्षक द्वित्तीय रामेश्वर पोखरेल २.३६ विशालटार
अंग्रेजी शिक्षक तृतीय सुशिल केसी २.२९ हर्कपुर मावि
HPE शिक्षक प्रथम पहलमान श्रेष्ठ ३.१६ हर्कपुर मावि
HPE शिक्षक द्वित्तीय पार्वती कंडेल ३.०५ बेनीघाट
HPE शिक्षक तृतीय अम्बर बहादुर मगर ३.०३ पिपलभञ्ज्याङ र राममाया त्रिपाठी ३.०३ बागेश्वरी
ऐच्छिक गणित शिक्षक प्रथम दिपक सुवेदी २.११ बगेश्वरी मावि
ऐच्छिक गणित शिक्षक द्वित्तीय निर बहादुर थापा १.८५ विशालटार
ऐच्छिक गणित शिक्षक तृतीय युवराज पौडेल १.७७ शंखादेवी मावि
अर्थशास्त्र शिक्षक प्रथम नानीबाबु लोहनी २.० पिपलभञ्ज्याङ र राजु श्रेष्ठ २.० हर्कपुर मावि
अर्थशास्त्र शिक्षक द्वित्तीय अलिषा श्रेष्ठ १.८८ बेनीघाट
अर्थशास्त्र शिक्षक तृतीय राजेन्द्र पाण्डे १.८५ बिशालटार
लेखा शिक्षक प्रथम अलिषा श्रेष्ठ ३.३५ बेनीघाट
लेखा शिक्षा शिक्षक द्वित्तीय शरणकुमार श्रेष्ठ ३.०७ हर्कपुर
लेखा शिक्षा शिक्षक तृतीय पुरुषोत्तम त्रिपाठी २.४० बागेश्वरी मावि
शिक्षा शिक्षक प्रथम पार्वती कंडेल २.८८ बेनीघाट
शिक्षा शिक्षक द्वित्तीय गोविन्द लोहनी २.६८ पिपलभञ्ज्याङ
शिक्षा शिक्षक तृतीय सुशिला थपलिया २.६७ बागेश्वरी मावि
कम्प्यूटर विज्ञान शिक्षक प्रथम निर बहादुर थापा ३.५० चन्द्रोदय मावि विशालटार
कम्प्यूटर विज्ञान शिक्षक दोस्रो मुकुन्द न्यौपाने ३.१७ बागेश्वरी मावि
बाली विज्ञान तर्फ उत्कृष्ठ शिक्षक रञ्जु थपलिया ३.८५ बिशालटार

९. संस्थागत विद्यालय विषयगत शिक्षकहरु (SEE तर्फ) सम्मानित
प्रथमलाई नगद रु.३००० र प्रशंसापत्र प्रदान

विज्ञान शिक्षक प्रथम कृष्ण ढकाल ३.११ ब्राइटफ्यूचर
गणित शिक्षक प्रथम प्रकाश भण्डारी २.५७ ब्राइटफ्यूचर
नेपाली शिक्षक प्रथम कल्पना सिलवाल ३.२७ ब्राइटफ्यूचर
सामाजिक शिक्षक प्रथम टिका प्रसाद थपलिया ३.३४ राइजिङ स्टार बोर्डिङ स्कुल
अंग्रेजी शिक्षक प्रथम कपिल जमकट्टेल ३.४३ ब्राइटफ्यूचर
HPE शिक्षक प्रथम दिपा लोहनी ३.४२ ब्राइटफ्यूचर
ऐच्छिक गणित शिक्षक प्रथम कृष्ण ढकाल ३.०५ ब्राइटफ्यूचर
लेखा शिक्षक प्रथम श्री सनम श्रेष्ठ ३.८९ ब्राइटफ्यूचर

१०. SEE तर्फ विव्यस अध्यक्ष र शिक्षक अभिभावक सघका अध्यक्षलाई प्रशंसापत्र प्रदान
विव्यस र शिक्षक अभिभावक संघ क्रमसः प्रथम रोशन कुमार सिलवाल, रामकाजी विशुराल चन्द्रोदय मावि विशालटार
विव्यस र शिक्षक अभिभावक संघ क्रमसः भुवन त्रिपाठी, ओम प्रसाद थपलिया बागेश्वरी मावि
विव्यस र शिक्षक अभिभावक संघ क्रमसः प्रथम रोशन कुमार सिलवाल, केशव प्रसाद कंडेल चन्द्रोदय मावि बेनीघाट

११. अनिबार्य अवकाश प्राप्त शिक्षकहरु सम्मानित
प्र अ चुडामणी पोखरेल (बागेश्वरी मावि, रिचोकटार)
प्र अ राजेश्वर पोखरेल (पिपलडांडा आवि,पिपलडांडा)
प्र अ जयकरण राय यादव (सुर्योदय आवि, भुवाभञ्ज्याङ)
१२. गाउँपालिका स्तरीय अन्तर निमावि मावि समूह नृत्य प्रतियोगिता पुरस्कार (२०७९ भाद्र १० गते) मेडल, प्रमाणपत्र र स्टेशनरी
प्रथम नृत्य:
 पशुपती शिक्षा मन्दिर
जिक्सन वि.क. अनुश्पम श्रेष्ठ
दोस्रो नृत्य: चन्द्रोदय मावि विशालटार
कृषा उप्रेती, किस्मिता भट्टराई , पायल रिमाल, स्निता न्यौपाने , सुमी गुरुङ , पवित्रा राई , संगिता नेपाली, प्रमिला वि.क.,स्नेहा न्यौपाने
तृतीय नृत्य: शंखादेवी मावि मझिमटार
भावना खांण ठकुरी, रुपा श्रेष्ठ, सबु मल्ल ठकुरी, नमुना सिंह ठकुरी, प्रमिषा श्रेष्ठ, सरस्वती मल्ल ठकुरी
चौथौ नृत्य: बागेश्वरी मावि रिचोकटार
करुण परियार, रोजिना मगर, रितु बोहरा, नबिना घले, आकाष विश्वकर्मा, रोनिस सिलवाल, विपिन वि.क., सिवानी श्रेष्ठ
सान्त्वना नृत्य: राष्ट्रिय मावि खोरभञ्ज्याङ
सम्झना श्रेष्ठ र श्रीया अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *