३ चैत्र, धादिङ – फागु अर्थात् होली पर्व धादिङको मलेखुमा पनि हर्षोल्लास पूर्वक मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज हिमाली तथा पहाडी जिल्लाहरुमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइयो।
धदिङमा बिहानैदेखी विभिन्न संघ संस्थाले होली विशेष कार्यक्रम गरी मनाए। पृ्रथ्वी राजमार्ग अन्तर्गत पर्ने मलेखु बजारमा युवायुवतीको ठूलो संख्याको उपस्थितिमा होली पर्व सामुहिकरुपमा मनाइएको छ।
भद«काली सृजनशिल बाल क्लबले आयोजना गरेको होली विशेष कार्यक्रममा ख्याती प्राप्त गायक प्रेम परियार , गायक दिपक घले , भाइभ्स ब्याण्ड, स्थानिय कलाकार र डिजेको विशेष प्रस्तुती रहेको थियो । स्थानियहरुको सहयोगमा आयोजना गरिएको होली विशेष कार्यक्रम संस्कृति जोगाउने युवाहरुको प्रयास भएको क्लबका संयोजक विवेक घलेले बताउनुभयो । कार्यक्रमलाई गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गरेको थियो ।
कार्यक्रममा स्थानिय प्रतिष्ठित व्यक्तिहरु एकराज पाण्डे, भूमि प्रसाद कँडेल, चित्रबहादुर सुनारी मगर, राजेन्द्र कँडेल, चन्द्र बराम , राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल बाग्मती प्रदेश कमिटी का निवर्तमान सचिव भरत बराकोटी , भद्रकाली खैजेडी भजनका अध्यक्ष निश्चल सिलवाल लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सांगीतिक कार्यक्रमसहित सामुहिक होलीको आयोजना गरेपछि प्रहरीलाई राजमार्गमा ट्राफीक मिलाउन र पैदल यात्रुलाई बाटो कटाउन दिनभर हैरानी भएको थियो।
होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व रहेको छ। दैत्यराज हिरण्यकश्यपले आफ्ना छोरा प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरासहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी तर प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरीएको शास्त्रहरुमा उल्लेख गरिएको छ।
फोटो फिचर






फेसबुकबाट तपाईको प्रतिक्रिया