प्रधानमन्त्रि देउवा बनारसमा, आजै नेपाल फर्कने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २०

२० चैत्र – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् ।  आइतबार बिहान विशेष विमानबाट प्रधानमन्त्री देउवा बनारस पुगेका हुन् । प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गुलाबको फूल दिएर स्वागत गरेका थिए । 

बनारसमा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् ।  साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजा अर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । 

त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए । प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँ दिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *