प्रधानमन्त्री देउवा पुस २५ गते भारत भ्रमणमा जाने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २१

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत भ्रमणमा जानेका भएका छन्। उनी दुई दिने भ्रमणका लागि भारत जान लागेका हुन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण स्वीकृत गरेको छ।

गुजरातमा हुने भनिएको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन उनी भारत जान लागेका हुन्। भारत भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुने बताइएको छ। त्यस्तै उच्च राजनीतिक भेटघाट पनि हुने बताइएको छ। 

पाचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *