×

काठमाण्डौ विश्वको दशौं प्रदुषित शहर

चैत्र ९, २०७८ | दाक्सु मिडिया

चैत, काठमाडौं – राजधानी काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयर सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ ।

तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी सहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो । त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाँद  र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ । 

आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका सहरहरूमध्ये केबल ३ दशमलव ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए । 

११७ देशका ६ हजार ४७५ सहरहरूको वायु गुणस्तर तथ्याङ्कमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ । 

कम्तीमा ९३ सहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । ‘केही देशले प्रदूषण कटौतीमा ठुलो प्रगति गरिरहेका छन्’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन् ।

‘चीनले केही धेरै ठुला सङ्ख्याहरूबाट सुरु गरेको थियो  । समयसँगै उनीहरूले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।

विश्वका दश प्रदूषित देश

१.बंगलादेश
२.चाँद 
३.पाकिस्तान
४.ताजकिस्तान
५.भारत
६.ओमन
७.क्रिगिजिस्तान
८.बहराइन
९.इराक
१०.नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: