काठमाडौंमा पुन वायु प्रदुषण बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २३

काठमाडौं – काठमाडौं उपत्यकासहितका शहरहरुमा फेरि वायु प्रदूषण बढेको छ। केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो।

सोमबार बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ। जुन स्वास्थ्यका लागि हानिकारक हो।

यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० भन्दामाथि रहेको छ। काठमाडौंमा अहिले बिहान तुवाँले ढाकेको छ। घाम लाग्न सकेको छैन। काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए।

यसअघि करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो। तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ। वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *