यातायात कार्यालयले गर्यो सबै सेवाहरू स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ८

काठमाडौ : यातायात व्यवस्था कार्यालयले कोरोना महामारीको तेस्रो लहरका कारण आफ्ना सेवाहरू स्थगित गरेको जानकारी दिएको छ । आफ्ना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले सेवा स्थगित गरेको हो ।

कार्यालयकी प्रवक्ता सुनिता भट्टराईले अर्को सूचना जारी नभएसम्म चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, पुनः प्रयोगात्मक परीक्षा र नवीकरणबाहेकका सेवा बन्द गरेको जानकारी दिइन् । यसका लागी कार्यालयले दैनिक एक सय वटा टोकन व्यवस्था सुचारु गर्ने छ ।

यसअघि, करिब एक वर्षपछि यही भदौको अन्तिमदेखि लाइसेन्सको प्रयोगात्मक परीक्षा सुरु भएको थियो । यस्तै, वैशाखदेखि बन्द भएको लाइसेन्सको नयाँ आवेदन असोज महिनादेखि लाइसेन्सको खुलाइएको थियो । हाल देशभर करिब ७ लाख आवेदक ट्रायलको प्रतीक्षामा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *