|
२०७८ माघ ५
काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने भएको छ।
महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएको अवस्थामा कार्यालयका कर्मचारीहरु समेत संक्रमित भइ उपचार एवम् होम आइसोलेशनमा रहेकाले सेवा कटौती गरेको हो।
ललीतपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, संघ-संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्म माघ ०६ गतेदेखि लागु हुने गरी हाललाई स्थगित गरिएको छ। शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा नियमित रहने ललीतपुर प्रशासनले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्