राष्ट्रपति भण्डारीबाट विनियोजन विधेयक प्रमाणीकरण, सरकारी खर्च खुल्ला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ७

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक २०७८ लाई प्रमाणिकरण गरेकी छिन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी पठाएको विनियोजन विधेयक (बजेट)लाई भण्डारीले प्रमाणिकरण गरेकी हुन्।

विधेयक प्रमाणिकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। अध्यादेशको अवधि निष्क्रिय भएपछि भदौ ३१ गतेदेखि सरकारले खर्च गर्न पाएको थिए।

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड को बजेट ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *