×

माप्य दुधकोशी -४ मा महिला तथा पुरुष भलिबल र डबल ब्याटमिन्टन प्रतियोगिता भाेलीबाट सुरू

माघ १, २०८० | दाक्सु मिडिया सम्वाददाता

माप्य दुधकोशी गाउँपालिका – ४ डाँडा गाँउमा वडा स्तरीय महिला तथा पुरुष भलिबल र खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । सानो फुलबारी सामुदायिक संस्थाको अयोजनामा भोली माघ २ गतेदेखि ४ गतेसम्म गाउँपालिकाको वडा नं. ४ काँकु, डाँडामा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

यस कार्यक्रमलाई अध्यक्ष बुद्धि किरण राईले उद्धघाटन गर्नु हुनेछ । भलिबल प्रतियोगितामा सोलुखुम्बु जिल्लाव्यापी नयाँ संरचनाअनुसारको सम्बन्धित वडाबाट मात्रै भाग लिन पाइने आयोजकले जनाएको छ । त्यस्तै डबल व्याटमिन्टन भने माप्य दुधकोशी गाउँपालिकास्तरीय खुल्ला रहने छ । अहिले प्रतियोगितामा सहभागिताका लागि टिम दर्तासँगै तयारी अन्तिम चरणमा पुगेको धन कुमार राईले बताउनु भएको छ । यसका साथै सांस्कृतिक कार्यक्रमहरु पनि रहेको छ । यसका लागी भने भोली सम्ममा नाम दर्ता गराइसक्नुपर्ने आयोजकले बताउनुभएको छ ।

प्रतियोगितामा सहभागिताका लागि माघ १ गतेसम्म टिम दर्ता गर्न सकिने खेल संयोजक सुन्दर राईले जानकारी दिनुभयो । टिम दर्ता शुल्क भलिबल तर्फ ५ हजार र ब्याटमिन्टन तर्फ २ हजार राखिएको छ । खेल अन्तर्राष्टिय नियमअनुसार खेलाइने छ । भलिबलतर्फ महिला र पुरुष दुबैतर्फको पुरस्कार प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५० हजार रुपैयाँ, ३० हजार र २० हजार र १० हजार नगद राशीको साथमा टफी, मेडल तथा प्रमाणपत्र रहेको छ । त्यस्तै ब्याटमिन्टनतर्फ प्रथम, द्धितीय र तृतीय पुरस्कार क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद राशीको साथमा टफी, मेडल तथा प्रमाणपत्र रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: