यस्तो छ आज तरकारीको बजार भाउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ४

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य विवरण सार्वजनिक गरेको छ । मूल्य विवरणअनुसार आज आलु रातोको औसत मूल्य प्रतिकेजी ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ४३ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

त्यस्तै, बिहीबार हरियो सागपातमा तोरीको सागको मूल्य न्यूनतम प्रतिकेजी ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ, पालुंगोकोे साग प्रतिकेजी अधिकतम ७० देखि ८० रुपैयाँ, रायोको साग न्यूनतम ५० देखि अधिकतम ६० रुपैयाँ, चमसुरको साग ११० रुपैयाँ कायम भएकाे छ । आज स्थानीय काउली ७५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ र हाइब्रीड काक्रो ३५ रुपैयाँ कायम भएको छ । 

कागती प्रतिकेजी १५० रुपैयाँ, किवी २३५ रुपैयाँ, कुरिलो प्रतिकेजी ५५० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ रहेको छ । त्यस्तै, आज लोकल गाँजर १३० रुपैयाँ, गुन्द्रुक प्रतिकेजी २२५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा सानो ४३ रुपैयाँ, गोलभेडा सानो (लोकल) ३७ रुपैयाँ ५० पैसा,  सिमि ३५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ,चिचिण्डो २७ रुपैयाँ ५० पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ । 

facebook sharing button

twitter sharing button

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *