घरको चौथो तलाबाट हाम्फाल्दा नेवानिका पूर्वअध्यक्ष चतुर्वेदीको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २१

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् ।

निर्माणधीन घरको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनी डिप्रेसनको समेत बिरामी रहेको पाइएको प्रहरीले बताएको छ। चतुर्वेदीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

चतुर्वेदी काठमाडौंको भत्केको पुल नजिकै बुलबुलेस्थित गौतम अग्रवालको निर्माणाधीन घरको चौथो तलाबाट बिहीबार बिहान ९ बजे खसेका थिए ।

सिसी टिभी फुटेजमा कैद भएको भिडियो अनुसार उनले घरको चार तलाबाट हामफालेको देखिएको छ। थप अनुसन्धान र पोष्टमार्टम रिपोर्टपछि आत्महत्या हो या होइन भन्न मिल्ने प्रहरीले जनाएको छ।

चतुर्वेदीकोको शव पोर्टमार्टका लागि टिचिङ अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *