सरकारले आज पूर्णता पाउने प्रचण्डको भनाइ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २१

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

बिहीबार टिभी पंचली ऐट केको उद्घाटन गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद्ले पूर्णता पाउने र उस्तै परे आजै मन्त्रीहरुले सपथ लिने बताए । ‘उस्तै परे क्याविनेटमा आज सपथ ग्रहण हुन्छ होला । पूर्णता पाउँछ,’ उनले भने ।

आफूले समावेशिता, समानुपातिकता र हिजोको राज्यद्वारा विभेदमा पारिएका सबै वर्ग समुदायलाई अगाडि ल्याउन लगातार कोसिस गरिरहेको भन्दै दाहालले भर्खरै पार्टी कमिटीमा ३५ प्रतिशत महिला प्रतिनिधित्वको निर्णय भएको सुनाए । ‘संविधानमा ३३ प्रतिशत छ । हामी ३५ पुर्‍याउनेमा छौं,’ उनले भने ।  

दाहालले क्याविनेटमा आफ्नो पार्टीबाट ५० प्रतिशत महिला पुर्‍याएको पनि बताए । मधेसी, जनजाति, दलितलाई समेट्ने प्रयास गरिएको उनको भनाइ थियो ।

दाहालले सामाजिक रुपान्तरणका लागि जनमत ठूलो कुरा भएको भन्दै श्रमजीवी जनताको पक्षमा जनमत निर्माण गर्न सुझाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *