सरकारले पायो पूर्णता, यी हुन् थपिएका मन्त्रीहरु (नामसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २२

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएको ८८ दिनपछि शेर बहादुर देउवाले सरकारलाई पूर्णता दिएका छन् ।

लामो रस्साकस्सी र विवादका बाबजुद मन्त्रालयको भागवण्डा सकिएपछि शुक्रवार उनले मन्त्रीहरु थपेका हुन् ।

नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ भने शीतल निवासले शपथको समय जानकारी दिने छ । ती मन्त्रीहरुले आजै शपथ लिनेछन् ।

देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । उनी प्रधानन्यायधिश चोलेन्द्र शमसेर राणाको कोटाबाट मन्त्री भएको बताइएको छ । काँग्रेसको नेता समेत रहेका उनी राणाका जेठान हुन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।

त्यस्तै, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चारको जिम्मेवारी दिएका हुन् । उनी कानुनमन्त्रीका रुपमै सरकारको प्रवक्ता समेत थिए । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, नेकपा एकिकृत समाजवादीबाट रामकुमार झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले सहरी विकासमन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले सुरु देखिनै महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

यस्तै, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन् ।

कसलाई कुन मन्त्रालय ?

कांग्रेसबाट

गृह मन्त्रालय– बालकृष्ण खाँण

परराष्ट्र मन्त्रालय –नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी

रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल

जसपाबाट

भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– प्रमोद साह

एकिकृत समाजवादीबाट

संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमारी झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)

सहरी विकास मन्त्रालय– प्रेम आले

स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

माओवादी केन्द्रबाट

अर्थ मन्त्रालय – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

ऊर्जा मन्त्रालय – पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *