सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुने प्रचण्डको भनाइ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको जानकारी दिएका छन् ।

सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको भन्दै उनले आजै नियुक्ती र शपथको तयारी भइरहेको बताए ।

पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा उनले भने, ‘क्याविनेट आजै शपथ ग्रहण गराउने कोशिश अझै जारी छ, ‘नभए आज टुंग्याउने भएको हुनाले मलाइ समयको दबाब छ ।’

सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म ५ मन्त्री र एक राज्यमन्त्री मात्रै बनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *