×

माधव नेपालको राजनैतिक प्रतिवेदन पास, भोली महासचिवको टुङ्गो लगाइने

अशोज ६, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन पास भएको छ ।

अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको छ ।

अध्यक्ष नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गरेका थिए । समूह नेताले दिएका सुझावलाई समेत समेटेर बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिनेछ । त्यस्तै महासचिवलाई पनि भोली टुङ्गो लगाइने भएको छ ।

बैठकले पार्टीको बुलेटिन ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता खतिवडाले बताए ।

अर्को बैठक बिहीबार बिहान ११ बजे पुन बस्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: