×

नेपालमा कोरोना प्रभाव घट्दै: १० हजार नमुना परिक्षण गर्दा ७ सय संक्रमित

अशोज ३, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । पछिल्लो केही हप्ता नेपालमा कोभिड संक्रमणको अवस्थामा कमी आएको देखिएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार केही दिनदेखि नेपालमा कोभिड संक्रमण १ हजार भन्दा तल देखिएको छ ।

आइतवार मुलुकभर ७३४ जनामा कोरोना संक्रमण देखिएको छ।

१० हजार १३ नमूना परीक्षण गर्दा ७३४ जनामा संक्रमण पुष्टि भएको हो। यो भनेको परिक्षण संख्याको ७ प्रतिशत हो । यसअघि नेपालमा ४० प्रतिशतसम्म कोरोना संक्रमणदर देखिएको थियो ।

वितेको २४ घण्टामा ७ हजार ३०४ जनाको आरटी पीसीआर र २ हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट ६६५६ र एन्टिजेनबाट ७८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४०९ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म पीसीआरबाट ७ लाख ८४ हजार ५६६ र एन्टिजेनबाट ८८ हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ७ लाख ४९ हजार २१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना कोरोनामुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: