|
२०८३ श्रावण १३
काठमाडौं — काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले जितविहीन रहँदै प्रतियोगिताको यात्रा टुंग्याएको छ। पाकिस्तानको इस्लामाबादमा पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजाखस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो।
कजाखस्तानले नेपाललाई २५–१८, २७–२५ र २५–२० ले हराउँदै पाँचौं स्थान सुरक्षित गर्यो। यससँगै नेपाल प्रतियोगिताभर कुनै पनि खेल जित्न नसकी ६ टोलीमध्ये अंक तालिकाको पुछारमा रह्यो।
नेपालले समूह चरणमा पाकिस्तान र उज्वेकिस्तानसँग ३–० तथा बंगलादेश र श्रीलंकासँग ३–२ ले हार बेहोरेको थियो। पहिलो खेलमा कजाखस्तानसँग कडा प्रतिस्पर्धा गरे पनि ३–२ ले पराजित भएको नेपाल अन्ततः जितविहीन हुँदै स्वदेश फर्किने भएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्