अछाममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २५

अछाम – अछाममा विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृतक न्यौपाने र बोहरा पन्चदेवल विनायक नगरपालिका-२,  का हुन् भने जैसी सोही नगरपालिका वडा नम्बर ३ का हुन् । 

दुर्घटनामा सवारीचालकसहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *