धर्ना बसेका एमाले नेताहरुलाई सभामुखको फोन ‘म कार्यालय आउँदिन’

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ४

काठमाडौं । ह्वीप उल्लंघन गरेको कारण देखाउँदै कारवाही गरिएका एमालेका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न दबाब बढाउन एमाले नेताहरु सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेका छन् ।

कार्यकक्षमै धर्ना दिन एमाले नेताहरु आएपछि सभामुख भने कार्यालय आउन नभ्याउने भन्दै फोनमा जानकारी गराएका छन् ।

एक घण्टा पर्खिँदा पनि सभामुख नआएपछि एमाले सचेतक शान्ता चौधरीले फोन गरेकी थिइन् । फोनमा सभामुखले ‘आज मेरो पूर्वनिर्धारित कार्यक्रम अन्तै छ म कार्यालय आउँदिन’ भनेर जवाफ दिएको चौधरीले बताइन्।

चौधरीसँगको कुराकानीमा सापकोटाले आज कार्यालयमै नआउने जानकारी दिएपछि आफूहरू बाहिरिएको एमाले सांसद गोकुल बास्कोटाले बताए ।

उनले भने, ‘सभामुख हामीसँग फेस गर्न नसकेर बाहिर(बाहिरै एमालेविरुद्धको षडयन्त्रमा सामेल भएको पुष्टी भएको छ । एमाले विभाजनको षड्यन्त्र उहाँका लागि आगागी दिनमा महँगो पर्नेछ । प्रमुख प्रतिपक्षबाट भागेर उहाँले संसद कसरी चलाउनुहुन्छ ? हामी हेर्छौं ।’

एमालेले माधव नेपालसहित १४ जनालाई कारवाही गरेर सांसदबाट पदमुक्तको सूचना संसद सचिवालय र निर्वाचन आगयोमा भदौ १ गते पठाएको थियो ।

पार्टीले कारबाही गरेको व्यहोरोको पत्र प्राप्त भएको १५ दिनभित्र संसदमा जानकारी गराउने अथवा संसद बन्द रहेका बेला सूचना टाँस गर्नुपर्ने हुन्छ।

तर सभामुख सापकोटा नयाँ दल दर्ता हुन समय दिएर एमालेले गरेका कारबाही निष्प्रभावी पार्ने षडयन्त्रमा लागेको आरोप एमालेले लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *