हराएको मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २०

ताप्लेजुङ ।  ताप्लेजुको सदरमुकाम फुङ्लिङमा पार्किङ गरी राखिए अवस्थामा हराएको एकथान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले फेला पारेर सम्बन्धित सवारी धनीलाइ बुझाएको छ । 

गत  १४ भदौ हराएको मे ६ प २९९५ नम्बरको डिस्कभर १२५ सीसी भएको कालो रातो रंगको मोटरसाइकल खोजतलाका क्रममा शनिबार फेला पारी सम्बन्धित धनीलाइ बुझाएको जिल्ला प्रहरी कार्यालय तालेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए । 

झापा अर्जुनधारा नगरपालिका वडा नं ६ बस्ने गोविन्द ढुङ्गानाले फुङ्लिङ नगरपालिका वडा नं ४ मा पार्किङ गरेर राखेको मोटरसाइकल हराएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *