×

पछिल्लो २४ घण्टामा १ हजार २६८ नयाँ संक्रमित थपिए

भदौ १९, २०७८ | दाक्सु मिडिया

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: