ठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४ र ५ हजार ३७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया