काँग्रेस नेता गगन थापाले गरे कित्ता परिवर्तन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १७

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन कुमार थापाले आफ्नो कित्ता परिवर्तन गरेका छन् ।

१४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेद्वारी घोषणा गरेका उनले महाधिवेशनको मुखैमा आफ्नो कित्ता बदल्दै रामचन्द्र पौडेल पक्षमा लागेका हुन् ।

विहिबार संस्थापन इतर पक्षले सानेपास्थित पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा गगन देखिएका हुन् ।

यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् । अघिल्लो महाधिवेशनमा गगन सिटौला पक्षबाट महामन्त्री लडेका थिए ।

अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् । यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *