×

कांग्रेस नेता अशोक कोइरालाको निधन, देउवाले भने- असल मित्र गुमाएँ

चैत्र ५, २०७७ | दाक्सु मिडिया

विराटनगर – नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ । संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो ।

नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालामा मुटु रोगको समस्या थियो । निमोनिया पनि भएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति न्यूरो अस्पतालमा भर्ना गरिएका कोइरालाको बुधबार राति करिब १ बजे मृत्यु भएको हो ।
कोइराला परिवारका सदस्य अशोक कांग्रेसका पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन् । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: