×

भारतीय समूहले मणिपाल अस्पताल बेच्यो, बतास र अटोवेजले ३५० करोडमा किने

भदौ ११, २०७८ | दाक्सु मिडिया

पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले विक्री गरेको असपताल
पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् ।

उनीहरुले कलेजमा ६० प्रतिशत बतास र ४० प्रतिशत अटोवेज समूहले ३ अर्ब ५० लाख रुपैयाँमा मणिपाल कलेज किनेका हुन ।

मणिपाल नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालनमा आएको शिक्षण अस्पताल हो । भारतीय लगानीमा पोखराको एक पाखोमा खुलेको मणिपालसँगै त्यो क्षेत्रमा विकासको ढोका पनि खुलेको थियो । ४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले ९ सय शय्याको अस्पतालको अनुमति लिएको छ ।

मेडिकल कलेजमा अहिले १ सय विद्यार्थीले एमबीबीएस अध्ययन गरिरकेका छन् । मणिपालमै बीएस्सी नर्सिङ, स्टाफ नर्ससमेत पढाइ हुँदै आएको छ । मणिपालमा भारतदेखि धेरै विद्यार्थी एमबीबीएस अध्ययन गर्न आउने गरेका छन् ।

भारतका विभिन्न ठाउँमा मणिपाल अस्पताल चलाइरहेको समूहले पोखरामा मेडिकल चलाएर विकाससँगै ठूलो रोजगारी पनि सिर्जना गरेको थियो । मणिपालमा ११ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: