बाजुरा: बाजुराको त्रिवेणी नगरपालिका-९ मलालगाउँमा तीन युवाहरुको समूहले १४ वर्षीया बालिकालाई पेट्रोल छर्किएर आगो लगाइ घाइते बनाएका छन् । घटनापश्चात् तीनै जना युवाहरु फरार रहेको प्रहरीले जनाएको छ ।
सोही नगरपालिका-८ कालापानीका सुमन गिरीसहित तीन जनाले बैशाख १९ गते राति गाउँमा बिहे हेर्न गएको समयमा बालिकालाई पेट्रोल छर्की आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
आगो लागेर सख्त घाइते भएकी बालिकाको त्रिवेणी नगरपालिका-८ जिल्ला अस्पताल बाजुरामा ल्याइ उपचार गरिदै छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनापछि फरार भएका युवाहरुको खोजी जारी रहेको बताइएका छन् ।
उक्त घटनाका दोषी गिरीसहित तीनैजनालाई पक्राउ गरी मुलुकी अपराध संहिता १९२ को ‘क’ अनुसार मुद्दा चलाउने पनि प्रहरी प्रमुख महराले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया